जगदम्बा सिमेन्टद्वारा निर्माणकर्मी भेटघाट
काठमाडौः ‘आऔं सबै मिली देश बनाऔं’ भन्ने नाराका साथ जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारीसहित निर्माणकर्मी भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्देश्य पुनर्निर्माणमा भूकम्प प्रतिरोधी भवन निर्माणमा निर्माणकर्मीलाई प्राविधिक ज्ञान प्रदान गर्नु रहेको थियो । यस्ता सन्देशमुलक कार्यक्रम लिएर जगदम्बा सिमेन्ट पुनर्निर्माण अभियानमा लाग्नुपर्ने कम्पनीका ब्रान्ड मेनेजर जगन्नाथ दाहालले बताए ।
संरचनामा हुने दिगोपनाले नै देश संमृद्ध हुने उनले बताए । कार्यक्रममा दुई सयभन्दा बढी निर्माणकर्मी, व्यवसायी, प्राविधिक, राजमिस्त्री, इन्जिनियर तथा सरकारी तथा गैर–सरकारी संस्था उच्चपदस्त व्यक्तिहरू सहभागी थिए ।