एमाले मोरङमा अोली पक्षधर विजयी

एमाले मोरङमा अोली पक्षधर विजयी

विराटनगरः नेकपा एमाले मोरङमा संस्थापन पक्ष विजयी भएको छ। शुक्रवार बिहान सकिएको आठौं जिल्ला अधिवेशनबाट सबै पदाधिकारी र बहुमत सदस्यमा संस्थापन पक्षका विजयी भएका हुन्।

जिल्ला अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर विनोद ढकाल विजयी भए। ढकालले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर महेश रेग्मीलाई २०६ मत अन्तरले पराजित गरे। ढकालले ५ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रेग्मीेले ३३४ मत मात्र प्राप्त गरे।

ढकालले यसअघि भएको सातौं जिल्ला अधिवेशनमा रेग्मीसंगै पराजित भएका थिए। छैठौं अधिवेशनबाट अध्यक्ष बनेका ढकाल सातौंमा पार्टी सचिव महेश रेग्मीसंगै पराजित भएका थिए। अधिवेशनबाट सबै पदाधिकारी ढकाल पक्षकै निर्वाचित भएका छन्। जिल्ला कमिटीमा बहुमत सदस्य ढकाल पक्षकै छन्।

उपाध्यक्षमा ढकाल पक्षका रामलाल साह, सचिवमा ऋषिकेश पोख्रेल र उपसचिवमा धना तामाङ विजयी भए। उपाध्यक्षमा साहले ४६९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी सत्यनारायण साहले ३५७ मत प्राप्त गरे। सचिवमा पोख्रेलले ५०७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी विद्या चाम्लिङले ३३८ मत प्राप्त गरिन्। उपसचिवमा तामाङले ४५८ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी राजकुमार ओझाले ३६४ मत मात्र प्राप्त गरे ।

नेतृत्व चयनका लागि पार्टी अध्यक्ष ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छुट्टा–छुट्टै प्यालन बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.