होन्डाको विजेता घोषित
काठमाडौः नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आयोजना गरेको ‘होन्डा ह्विल अफ फर्चुन’ को विजेता घोषणा गरेको छ ।
कम्पनीले दसैंतिहार स्किमका रूपमा सञ्चालन गरेको उक्त योजनाको लक्की ड्रमार्फत १० जना भाग्यशाली विजेता घोषणा गरेको हो । विजेतामा अनिल महर्जनले चार लाख, चिना बस्नेतले तीन लाख, साबित्रा थापा र छोरी महर्जनले दुई लाख जितेका छन् ।
योजनामार्फत विजेताले ह्विल घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् । यस स्किम अवधिभर होन्डाका ग्राहकले विभिन्न नगद उपहार तथा सुविधा जित्ने अवसर पाएका थिए ।
उक्त योजनाअन्तर्गत होन्डा मोटरसाइकलको खरिदमा स्क्र्याच कुपनबाट ग्राहकले एक लाखसम्मको नगद छुट, पाँच वर्षका लागि स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा पाँच हजार ६ सय बराबरको १६ थप फ्रि सर्भिस कुपन प्राप्त गर्नसक्ने प्रावधान रहेको थियो ।
साथै होन्डा बिग बाइक किन्दा नगद छुटका व्यवस्था रहेको कम्पनीले जनाएको छ । होन्डा कारको खरिदमा आकर्षक छुट, एक वर्षको निःशुल्क रोड ट्याक्स, फ्रि एसेसरिज तथा एक वर्षको इन्सुरेन्स पनि रहेको थियो ।