सप्तकोसीले हकप्रद सेयर जारी गर्दै
काठमाडौः सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडले पुँजी वृद्धिका लागि चुक्ता पुँजीको १ः१.३ का दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको बिहीबार सम्पन्न चौथो वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७२/७३ सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको छ ।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष तारानाथ निरौलाले आव २०७२/७३ मा बैंकले एक करोड ४८ लाख ६८ हजार सञ्चालन नाफा आर्जन गरेको छ । बैंकले कर्पोरेट कार्यालयसहित आठ वटा कार्यालयबाट बैकिङ सेवा प्रदान गरिरहेको छ ।