सनराइजको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

 सनराइजको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौः सनराइज बैंक लिमिटेडले हकप्रद सेयरको सार्वजनिक निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले आर्थिक वर्ष २०७२/०७३ मा कायम चुक्ता पुँजीका आधारमा एक बराबर ०.३० को अनुपातमा जारी गर्न लागेको एक करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर निष्कासनका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

प्रतिसेयर सयका दरले सेयर निस्कासन हुनेछ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट महा–प्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् । बैंकको नवौं वार्षिक साधारणसभाले कम्पनीको अधिकृत पुँजी दस अर्ब पुर्‍याउन निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.