हात्तीको आक्रमणबाट बालकको मृत्यु

हात्तीको आक्रमणबाट बालकको मृत्यु

चितवन: माडी नगरपालिका–११ खरकट्टामा हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार विहान पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर ल्याइँदैछ। यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.