जाडोमा फेसन

जाडोमा फेसन

जाडो मौसम धेरैलाई मन पर्छ । तर फेसनप्रेमीका लागि यो मौसम त्यति ‘फ्रेण्ड्ली’ मानिँदैन । चिसोबाट जोगिन पनि गाह्रो हुन्छ । तापनि केही सेलिब्रेटी फेसनेबल देखिन मौसमलाई पनि सदुपयोग गर्ने गर्छन् । केही अभिनेत्रीले जाडोमा फेसन गर्ने तरिकाका बारेमा विनिता मरहट्टासँग कुरा गरेका छन्ः


जाडोको फेसन रमाइलो


महिमा सिलवाल
जाडोमा स्वास्थ्य र फेसन दुवैलाई ध्यान दिन अलि गाह्रो हुन्छ । मलाई चिसोको एलर्जी छ । सोमा जाँदा पनि ज्याकेट लिएर कसैलाई स्ट्यान्डबाई राख्नुपर्छ । जाडोका लुगामा फेसन गर्न रमाइलो हुन्छ । ऊनीका लुगा लगाउँछु । उज्यालो रङ बढी मन पर्छ ।

स्कुटर चलाउनुपर्दा कालो रङको ज्याकेट लगाउँछु । आफूलाई सुहाउँदो र सजिला लुगा लगाउँछु । शरीरलाई पानीको मात्रा पुर्‍याउन तातो पानी, हट लेमन विथ हनी, ग्रिन टी पिउँछु । शरीरलाई जाडोबाट बचाउनुका साथै फिट पनि राख्नुपर्छ । जाडोमा छालाको स्याहारका लागि कोल्ड क्रिम लगाउँछु ।

केटीहरूलाई गर्मी प्यारो


सुरजनी केसी
तातो लुगा लगाउनु र फिट रहनु जाडोमा महत्वपूर्ण काम हुन् । फेसनेबल देखिनैपर्छ । लङ कोट, स्टकिङ, बुट मेरो रोजाइमा पर्छन् । ऊनीको लुगा मन पर्छ । क्यामेरा फेस गर्दाचाहिँ ऊनीको लुगा लगाउँदिनँ । यसले मोटी देखिन्छ । अरू टाइपको लुगा लगाउँछु ।

डार्क रङका लुगा बढी लगाउँछु । त्यसबाहेक सेतो र क्रिम कलर पनि रोजाइमा पर्छन् । बाइक चढ्दा अलि समस्या हुने हो, गाडीमा हिँड्दा त्यति धेरै जाडो महसुस हुँदैन । पहिरन हेरेर मफलर पनि प्रयोग गर्छु । केटीहरूलाई जाडोभन्दा गर्मी नै मन पर्छ ।

सजिलो र न्यानो


आयुष्मा कार्की
यो वर्षको चिसो अलि फरक भयो । स्नातकोत्तरको परीक्षा भएकाले बाहिर त्यति निस्किएको छैन । सुटिङ पनि छैन । कहिलेकाहीँ निस्कँदा लङ ड्रेस लगाउन मन पर्छ । जाडो भन्नेबित्तिकै भद्दा लुगा भनेर बुझ्नु हुँदैन । आफूलाई सजिलो लाग्ने र न्यानो हुने पहिरनमा फेसनेबल देखिन सकिन्छ । फिटिङ लुगा लगाउन मन पराउँछु ।

अरू बेलामा पनि प्रायः फुल लुगा नै लगाउँछु । लामो कोटमा एक्स्ट्रा कलर, डिजाइन भएको मन पर्छ । यस्तो कोटमा थोरै हिल भएको बुट लगाउँदा राम्रो देखिन्छ । कुनैकुनै बेला जाडोका लुगा क्यारी गर्न गाह्रो हुुन्छ । तर, लुगा किन्ने बेलामा सफ्ट र हलुका खालको हेर्नुपर्छ ।

बुटमा डाउन ज्याकेट


आशा भुसाल
जाडोमा फेसन गर्न झन् धेरै अप्सन हुन्छ । कस्तो ठाउँ, कस्तो ड्रेस लगाउने त्यसमा भर पर्छ । तर जस्तो पायो त्यस्तै लगान हुन्न । समय र परिस्थिती अनुसार मिलाएर लगाउनुपर्छ ।

कुन कलरमा कुन कम्बिनेसन राम्रो देखिन्छ ध्यान दिनुपर्छ । कहिले कलरफुल त कहिले ब्ल्याक लुगा लगाउँछु । बुटमा डाउन ज्याकेट राम्रो अप्सन हो । स्टकिङ र ड्रेसले पनि ट्रेन्डी लुक देखाउँछ । लुगासँगै आफ्नो छलालाई जाडोबाट जोगाउन मोस्चराइजर प्रयोग गर्छु ।

मफलरभन्दा हाइनेक


जेविका कार्की
फेसनभन्दा अगाडि स्वास्थ्य हो । आफूलाई ट्रेन्डी वेमा न्यानो राख्नुपर्छ । बुट र कोट लगाउँदा राम्रो देखिन्छ । ऊनीका लुगा, भित्र भुवा भएका लुगा बढी मन पर्छ । जाडोका लुगामा खरानी, कालो र कलेजी रङ बढी रोजाइमा पर्छन् ।

मफलर लगाउनुभन्दा हाइनेक लुगा लगाउन मन पर्छ । स्वेटर, डाउन ज्याकेट लगाउन सजिलो लाग्छ । डाउन ज्याकेटको फाइदा छ । यो लगाएपछि भित्र धेरै लुगा लगाउनु पर्दैन । हावाबाट पनि जोगाउँछ । हातमा औंठी र घाँटीमा सधैं प्रयोग गर्ने सिक्रीबाहेक अरु एसेसोरिज लगाउँदिनँ । पहिरनबाटै फेसनेबल देखिन्छु । तातो हुन चिया कफी बढी पिउँछु ।

जाडोमा हट कलर


क्षितिजा शाक्य
क्याजुअलमा साधारण लुगा लगाउँछु । फिटिङ लगाउन सक्दिनँ । लुज खालको जुटको लुगा लगाउँछु । पार्टी वेयरमा भेलभेट, उलनका लुगा बढी प्रयोग हुन्छ । भित्रपट्टि हाइनेक लगाएर पार्टी वेयर लगाउँदा राम्रो देखिन्छ । सारीमाथि सटकोट, लङकोट बढी चलनमा छ । ग्ल्यामर क्षेत्रमा भएकाले फुल स्लिभमा डिजाइनर लुगा लगाउँछु । फुट वेयरमा लङ बुट चलेको छ ।

छोटो बुट लगाउँदा लेग वार्मर लगाउनु राम्रो हुन्छ । नेक ओपन भएको लुगामा मफलर लगाउँछु । वुलन टोपी पनि फेसनमा छ । डार्क ब्लु, ब्ल्याक, अरेन्ज कलर प्रयोग गर्न सकिन्छ । हट रेड एकदम राम्रो रोजाइ हुन्छ । हट कलर जति जाडोमा प्रयोग गर्नुपर्छ । मेकअपमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.