ज्योति विकास बैंकलाई आस्वा स्वीकृति
काठमाडौः ज्योति विकास बैंकले आस्वा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) प्रणालीको सुविधा दिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
यो प्रणालीमार्फत लगानीकर्ताले फार्म भरेपछि सेयर माग गरे बराबरको रकम खातामा रोक्का हुन्छ । तर, उक्त अवधिमा पनि डिपोजिट रकमको ब्याज भने आइरहन्छ ।
निक्षेपकर्ताले भरेको उक्त फारम मर्चेन्ट बैंकलाई पठाउने र खाताबाट सेयर माग गरेको रकम मात्रै रोक्का राखिने बैंकले जनाएको छ । सेयर परेको रकम खाताबाट कटौती भई बाँकी रकम खातामा नै रहनेछ ।
उक्त रकमबाहेकको खाताको रकम नियमित सञ्चालन गर्न सकिनेछ । आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्ने विकास बैंकका निक्षेपकर्ताले विकास बैंकको खातामा जम्मा रहेको रकमबाट सार्वजनिक निश्कासन गरिएको सेयरमा लगानी गर्न सक्नेछन् । यो सुविधा विकास बैंकमा देशभरि रहेका २९ वटा शाखाबाट सञ्चालन हुनेछ ।