डिप्रोक्स बैंक १७ औं वर्षमा प्रवेश
काठमाडौः डिप्रोक्स बैंक स्थापनाको १६ वर्ष पार गरी १७ वर्षमा प्रवेश गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रमेशप्रसाद लोहनीको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न भएको छ ।
अध्यक्ष लोहनीले बैंकले आगामी दिनमा वित्तीय पहुँच नपुगेका क्षेत्रमा लघुवित्त सेवा विस्तार गरी बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने बताएका छन् । बैंक स्थापना दिवसका अवसरमा बैंकका सदस्यमध्ये पुनमदेवी शर्मा, मंलगवा शाखा, प्रभावतीकुमारी यादव, परासी शाखा र सीता अधिकारी, गजुरी शाखा उत्कृष्ट सदस्य घोषित भएका छन् ।
त्यस्तै शाखा कार्यालयमध्ये सेढवा, पर्सा प्रथम, मंलगवा र सल्यानटार द्धितीय र कलैया शाखा तृतीय हुनुका साथै खंलगा, रुकुम र दाख्खाक्वाडी, प्युठान भौगोलिक क्षेत्रका आधारमा उत्कृष्ट भएका छन् ।
बैंकले २०७२ सालको प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीमध्ये तानसेन शाखा प्रबन्धक उमाकान्त बास्तोलाकी छोरी सुश्मा बास्तोला, परासी शाखाका शाखा प्रबन्धक श्यामकिशोरलाल कर्णकी छोरी अञ्जलीकुमारी कर्ण, श्रीपुर शाखाका बरिष्ठ कार्यक्रम सहायक नथुनीप्रसाद पटेलका छोरा रोहनसिंह पटेल र टाडी शाखाका बरिष्ठ कार्यक्रम सहायक गोपीलाल पराजुलीका छोरा दीपक पराजुली पुरस्कृत भएका छन् ।