मधेसको हिमायती ठान्नेले ८० सिट जितेर देखाए हुन्छः ज्ञवाली

मधेसको हिमायती ठान्नेले ८० सिट जितेर देखाए हुन्छः ज्ञवाली

भक्तपुरः नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेसी मोर्चाले निर्वाचनमा जान्नौं भन्नु गलत भएको बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले मधेसी मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको विपरित निर्वाचनमा जान्नौं भन्नु गलत भएको बताएका हुन्। ज्ञवालीले आफूलाई मधेसको हिमायती ठान्ने मधेसी मोर्चालाई मधेसको ८० सिट जितेर देखाउन चुनौती दिए। उनले ८/१० सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजकता भएको बताए।

उनले निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याएर आफू अनुकुल संविधान संशोधन गर्न मोर्चालाई आग्रह गरे। निर्वाचनले नै सबैको उद्देश्य पुरा गर्ने भएकाले यसको उपयोगबाट चुके मधेसी मोर्चा इतिहासमा सीमिति हुने उनले बताए।

उनले संविधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निवार्चन भएको बताए। वर्तमान समयमा निर्वाचन सबैको मिलन विन्दु भएको र संशोधन विधेयक प्रतिपक्ष लगायतका दलहरुको विरोधकाबीच होहल्लामा टेबुल गर्नु संसदको मर्यादाको विपरित भएको बताए। उनले मन्त्री पदको लोभमा संशोधन गर्ने रणनीतिले संसदमा द्वन्द्व बढ्ने बताए।

मधेसी मोर्चाकै कारण संघीयताबारे गलत भ्रम फैलन थालेको भन्दै उनले नेपालमा तराई र पहाड छुट्टाउने जातजातिबीच दूरी बढाउने लगायतका काम भइरहेको भन्दै संघीयतालाई विफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाए।

इतिहासमै नेपालको राष्ट्रियता सबैभन्दा नाजुक अवस्थामा रहेको भन्दै उनले संविधान निर्माण र संशोधनको प्रक्रियामा नेपालको नितान्त आन्तरिक मामलामा छिमेकी राष्ट्रहरुलाई अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.