छक्का-पन्जा पाइरेसी आरोपितको सुसाइड नोट : आमालाई एक लाख दिनू..

छक्का-पन्जा पाइरेसी आरोपितको सुसाइड नोट : आमालाई एक लाख दिनू..

काठमाडौं : नवलपरासी कावासोती घर भर्इ बानेश्वरको भीमसेनगोला डेरा गरी बस्दै आएका कृष्ण सुवदीले एकाएक आत्महत्या गरेको खबर सार्वजनिक भयो । यो खबरले उनको परिवार शोकमा डुबेको छ । बिहीबार बिहान मात्रै घरबाट काठमाडौं फर्किएका सुवेदीले साँझ पासो लगाएर आत्महत्या गरेको खबर परिवारले पाएपछि एकाएक परिवार शेकमा डुब्यो।

सुवेदीले आत्महत्या गरेपछि उनीसँगै एउटै फ्ल्याटमा बस्दै आएका साथीले प्रहरीलाई खबर गरे । कामकाजी सिलसिलामा बाहिरिएका साथीले सुवेदीलाई पटकपटक फोन गर्दा नउठेपछि उनी कोठामा फर्किएका थिए । फर्किएर कोठा पुग्दा सुवेदीले आत्महत्या गरेको थाहापाएपछि प्रहरीसम्म खबर पुगेको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरी टोली शवको मुचुल्का गर्न घटनास्थल पुग्यो । तर, परिवारले घटनास्थलमा केही नगर्नु भनेपछि प्रहरीले रातभर घटनास्थल रुंगेर बस्यो । सुवेदीका परिवारका सदस्य आइपुगेपछि शुक्रबार विहान मात्रै प्रहरीले शवको मुचुल्का गर्यो ।

सुवेदीले ‘सुसाइड नोट’ समेत लेखेका रहेछन् । नोटमा उल्लेख थियो, ‘मलाई माफ गर्नुहोला । बैंक खातामा एक लाख रुपैंया जम्मा गरेको छु, अामालाई दिनुहोला.....।’ भर्खरै व्याचलर अफ पब्लिक हेल्थ (बिपिएच) सकाएर बसेका सुवेदी पढाइमा तेज थिए ।

सुवेदीलाई यसअघि महानगरीय प्रहरी अपराध महाशाखाले 'छक्का-पन्जा' फिल्मको पाइरेसी गरेको आरोपमा पक्राउ गरेको थियो । निर्माताको आग्रहमा सुवेदीलाई प्रहरीले सहमतिमा छाडेको थियो ।

गौशाला वृत्तका प्रमुख डिएसपी नवराज कार्कीले भने,‘विहीबारै सुवेदीले आत्महत्या गरेको खबर पाए पनि परिवारको आग्रहमा शुक्रबार मात्रै शवको मुचुल्का गरेर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंज पठाइयो ।’ सुवेदी केहीदिन यता डिप्रेशनमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।    -सच्याइएकाे


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.