दुर्घटनामा उद्योगीको मृत्य भएपछि तीन घण्टा राजमार्ग अवरुद्ध

दुर्घटनामा उद्योगीको मृत्य भएपछि तीन घण्टा राजमार्ग अवरुद्ध

विराटनगर : शुक्रबार दिउँसो विराटनगरमा भएको दुर्घटनामा उद्योगीको मृत्यु भएपछि तीन घण्टा राजमार्ग अवरुद्ध भएको छ। भृकुटीचौकमा काजला कपि उद्योगका संचालक विराटनगर ९ का ३५ वर्षीय मनिष दुगडको दुर्घटनामा मृत्यु भएपछि राजमार्ग अवरुद्ध भएको हो।

को २१ प ५६८१ नम्बरको मोटरसाइकलमा सवार दुगडको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा हेल्मेट फुटेर दुगडको टाउको समेत क्षतविक्षत भएको छ ।

दुर्घटना गराउने सवारी साधनको पहिचान गर्न समस्या भएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए । उनका अनुसार दुर्घटना भएका बखत मोटरसाइकल जाँदै गरेको दिशाबाट को १ त ६५८४ नम्बरको ट्याक्टर र विपरित दिशाबाट बा १ ग १८७३ नम्बरको सशस्त्र प्रहरीको गाडी आउँदै थियो ।

एसपी भण्डारीले दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । मृतक आफन्तले प्रहरीको गाडीले ठक्कर दिएर दुर्घटना भएको आरोप लगाएका छन् । यता, प्रत्यक्षदर्शीहरुबाट फरकफरक भनाइ आएपछि अनुसन्धान जटिल बनेको प्रहरीले बताएको छ।

घटनापछि आक्रोसित आफन्त र स्थानीय बासिन्दाले कोसी राजमार्ग अन्तर्गत विराटनगरको भृकुटीचौकमा तीन घण्टा सवारी साधन संचालनमा रोक लगाएका थिए । एक बजे भएको दुर्घटनापछि बन्द भएको सडक दिउँसो साढे ४ बजेबाट भने खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.