संविधान संशोधनको विपक्षमा मतदान गर्ने कांग्रेस सांसदको घोषणा

संविधान संशोधनको विपक्षमा मतदान गर्ने कांग्रेस सांसदको घोषणा

बुटवल : नेपाली कांग्रेसका सांसदले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् । बुटवलमा शनिबार पत्रकार सम्मेलन गरेर कांग्रेस सांसद चन्द्र भण्डारी र अमर पुनले पार्टीले ह्विप जारी गरे पनि विपक्षमा मतदान गर्ने घोषणा गरे ।

भण्डारी गुल्मी क्षेत्र नम्बर २ का सांसद हुन भने पुन रोल्पाका सांसद हुन् । संसोधन प्रस्ताव जनभावना विपरित आएको भन्दै सांसद् भण्डारी र पुनले विपक्षमा मतदान गर्ने दाबी गरेका छन् ।

‘म सभापति (शेरबहादुर देउवा) जीले गरेको निर्णय सबै मान्छु तर दुई सेकेण्ड (संसदमा भोट राख्ने बेला) जनताको पक्षमा लाग्छु’, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद भण्डारीले भने । संसोधनको पक्ष वा विपक्षको विषयमा कांग्रेसले कुनै निर्णय नगरेकाले ह्विप मान्न जरुरी नभएको उनको भनाइ छ ।

सत्तारुढ दलकै नेता भण्डारीले संविधान कार्यान्वयन गर्न नसक्ने सरकार सत्तामा बसिरहन आवश्यक नरहेको समेत बताए । ‘९० प्रतिशत जनमतले बनाएको संविधान कार्यान्वयन गर्न नसकेर १० प्रतिशतले भनेको कुरामा लाग्ने ?’, उनले भने, ‘संविधान कार्यान्वयन गर्न नसक्ने सत्तामा बसिरहनु पर्दैन।’

संसोधन पारित भएर पहाडी जिल्लाबाट रुपन्देहीसहित जिल्ला टुक्रिएको तीन महिना नबित्दै पूर्वदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरु पहाडबाट छुटिने उनले दाबी गरे । ‘हेर्दै जानुस रुपन्देही छुटिएको तीन महिनामा सबै क्षेत्र टुक्रा–टुक्रा हुनथाल्छ’, उनले भन ‘भोलिका पुस्ताका लागि भए पनि देश बचाउनुपर्छ ।’ ।

रोल्पाका कांग्रेस सभापति समेत रहेका अर्का सांसद अमर पुनले सभापति शेरबहादुर र बिमलेन्द्र निधिलाई संसोधन प्रस्तावको निर्णय सच्चिन आग्रह गरे। ‘शेरबहादुर दाइ, बिमलेन्द्र दाइ पनि सच्चिनुहुन्छ भन्ने विश्वास छ’, उनले भने, ‘प्रचण्ड पनि सच्चिनुको विकल्प छैन ।’

पछाडि परेको रोल्पालाई देशको राजधानी बनाउने सपना बाढेका प्रचण्डले आफै प्रधानमन्त्री भएर कष्ट दिन चाहेको उनको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.