जनअान्दोलनका घाइतेको एक लाख रुपैयाँ गायब

जनअान्दोलनका घाइतेको एक लाख रुपैयाँ गायब

काँकडभिट्टा: सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने निर्णय गरेको दुई लाखमध्ये जनअान्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ।

जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलावारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो। २०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते काठमाडौँको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएका बेला छातीमा गोली लागेर प्रधान घाइते भएका थिए।

छातीमा गोलीको दाग बोकिरहेका उनले अहिले पनि घाउबाट पिप बगिरहने गरेको बताए। प्रधानलाई २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्को निर्णयअनुसार दुई लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय भएको थियो।

सो सहयोगमध्ये एक लाख रुपैयाँ झापा जिल्ला प्रशासन कार्यालय मार्फत गत वर्षको माघमा पाएका उनले अरु एक लाख रकम कहाँ कसले गायब गर्‍यो भन्ने पत्ता लगाउनै नसकेको बताए। ‘प्रशासन कार्यालय र गृहमन्त्रालयमा धेरै पटक धाएँ’, प्रधानले भने,'अनेक आलेटाले कुरा गरेर मलाई रकम दिएनन्।' २०७२ माघ ३ गते गृह मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई एक लाख रुपैयाँको चेकसहित सो रकम झापाका जनान्दोलनका घाइते दिलीप प्रधानलाई उपलब्ध गराई भपाई पठाइदिनु भनी निर्देशन समेत दिएको थियो ।

च.नं.२२२७६३१ को सो पत्रमा पठाइएको एक लाखको चेक उपचार आर्थिक सहयोगबापत प्रधानले पाउने रकमको पेस्की रहेको प्रस्ट उल्लेख छ । तर, त्यसपछि हालसम्म बाँकी एक लाखको अत्तोपत्तो छैन ।

प्रधानले आफ्ना लागि सरकारले उपलब्ध गराएको बाँकी एक लाख रुपैयाँ खोजी गरिदिन स्थानीय राजनीतिक दलका नेता र सांसदलाई गुहारिरहेको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.