संविधान संशोधन प्रस्ताव पास हुन दिन्नाैं: रावल

संविधान संशोधन प्रस्ताव पास हुन दिन्नाैं: रावल

वालिङ: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले सदनमा टेबल गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल नहुने दाबी गरेका छन्।

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति स्याङ्जाले अायाेजना गरेको संविधानको कार्यान्वयनमा जनपरिचालन अभियानलाई शनिबार वालिङमा सम्बोधन गर्दै उपाध्यक्ष रावलले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको बताएका हुन्।

'संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने कुरा आफैँमा प्रस्ट छैन,'उनले भने,'संविधान संशोधन प्रस्ताव नेपालको राष्ट्रिय हितमा नभई बाह्य शक्तिको दबाबमा आएकाले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौँ।'

सरकारले अहिले संविधानको कार्यान्वयनका लागि निर्वाचनको मिति तय गर्नुपर्ने बेलामा उदासीनता देखाएर संविधान संशोधनको प्रस्ताव गरेर बेमौसमको बाजा बजाएको नेता रावलको भनाइ थियो । 'नेपाली काँग्रेसले माओवादी केन्द्रलाई साथमा लिई संविधान संशोधनको कुरा उठाएर देशमाथि घात गरेको छ,'उनले भने। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.