हुवावेको सेल्फीमा विश्व किर्तिमान
काठमाडौं: हुवावेले सेल्फी खिच्नेमा नयाँ विश्व किर्तिमान कायम गरेको छ । गत जनवरी ११ मा हुवावेको मेट ९ मोडेल फोनले तीन मिनेटमा एक सय ६० वटा हाइ डेफिनेसन सेल्फी खिचेर नयाँ किर्तिमान राखेको हो । यसअघि सोही समयमा मेक्सिकोमा १२२ सेल्फी खिचेर बनाइएको रेकर्ड तोड्दै दुबईमा नयाँ किर्तिमान कायम गरिएको हो ।
उक्त अवसरमा एक सेकेन्डमा एक जनाका दरले दुबईको प्यालेस डाउनटाउनमा धेरैले सेल्फी लिएका थिए । केही दिन अघिमात्र सीईएस अवार्डमा आठ वटा अवार्ड हात पारेको कम्पनीले लगत्तै नयाँ रेकर्ड राख्न सफल भएको हो ।
यसले हुवावेको मेट ९ मोडेलमा प्रयोग भएको क्यामरा अत्यधिक क्षमताको भएको जनाएको छ । उक्त कार्यक्रममा प्रत्येक व्यक्तिले आ-आफ्नो स्मार्टफोन तथा डिजिटल क्यामेराको प्रयोग गरी दुबईमा सेल्फी खिचेर विश्व किर्तिमान राख्न सहयोग गरेका थिए ।