बागमती डेभलपमेन्ट बैंक सानिमामा गाभियो
काठमाडौं: सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात सानिमा बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको हो । उक्त कारोबारको उद्घाटन सानिमा बैंकका ब्यान्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा सानिमा बैंकका सञ्चालक समितिका सदस्य भरतकुमार पोखरेल र महेश घिमिरेले संयुक्त रूपमा गरेका थिए ।
योसँगै सानिमा बैंकका शाखा सञ्जालमा हरिवन तथा लालबन्दी शाखा पनि थपिएको छ । सानिमा बैंकका सञ्चालक समितिका सदस्यद्वारा प्राप्तिपश्चात सानिमा बैंकले हरिवन र लालबन्दी शाखाबाट पनि सम्पूर्ण वित्तीय सेवा प्रदान गर्नेछ ।
कार्यक्रममा मह जोडीले प्राप्ति सम्पन्न भएकोमा बैंकलाई बधाइ दिँदै सानिमालाई सबल अनि विश्वसनीय बैंकका रूपमा विस्तार हुन शुभकामनासमेत प्रदान गरेको बैंकले जनाएको छ । प्राप्तिपश्चात बैंकको चुक्ता पुँजी पाँच अर्ब ३० करोड पुगेको छ भने शाखा सञ्जाल ४३ तथा एटीएम संख्या ४९ पुगेको छ ।