नेपाल एग्रो माइक्रोफाइनान्सको साधारणसभा

नेपाल एग्रो माइक्रोफाइनान्सको साधारणसभा

काठमाडौं: नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रथम वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गरी सेयर पुँजी चार करोड र चुक्ता पुँजी दुई करोड ८० लाख पुर्‍याउने निर्णय गरेको छ ।

सभाले रमेशकुमार कर्माचार्य, निलकण्ठ शर्मा लम्साल, विनीता कोइराला, सिए विवेक श्रेष्ठ र सरिता अधिकारीलाई चार वर्षका लागि सञ्चालकमा चयन गरेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्ष रमेशकुमार कर्माचार्यले प्रचलित कानुनअन्तर्गत सदस्यको चाहना र आवश्यकताअनुसार कर्जा, बचत तथा अन्य सेवालाई विस्तार गर्ने बताए ।

उनले दीर्घकालसम्म सहयोगी संस्थाका रूपमा रहने गरी कृषि क्षेत्रको विकास एवं विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने, मुनाफासँगै सेवालाई प्राथमिकतामा राखी कार्य गर्ने बताए । संस्थाले एक वर्षमा ११ वटा शाखा विस्तार गरिसेकेको छ । संस्थाले दुई हजार नौ सय ग्राहक सदस्यबाट ७२ लाखभन्दा बढी बचत संकलन गरेको र आठ करोडभन्दा बढी लगानी गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.