अल्पाइनको १४.५० प्रतिशत बोनस

अल्पाइनको १४.५० प्रतिशत बोनस

काठमाडौं: अल्पाइन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १४.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२÷०७३ को मुनाफाबाट चुक्ता पुँजी २२ करोड ७१ लाख ४० हजारको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव पारित गरेको हो ।

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकमा क्रमशः मोहना लोहनी, नवराज राउत र सुदर्शनप्रसाद अधिकारीलाई चयन गरेको छ । साथै सोही दिन बसेको सञ्चालक समितिको बैंठकले बैंकको अध्यक्षमा सुदर्शनप्रसाद अधिकारीलाई चयन गरेको छ ।

साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । चालू आव २०७३÷७४ को मंसिर मसान्तसम्म एक अर्ब ८७ करोड ७४ लाख निक्षेप संकलन गरेको बैंकले एक अर्ब ६७ करोड ७७ लाख कर्जा प्रदान गरी तीन करोड नौ लाख सञ्चालन मुनाफा कमाउन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.