द्वन्द्वमा विस्थापित बैंक १५ वर्षपछि पुनर्स्थापना

द्वन्द्वमा विस्थापित बैंक १५ वर्षपछि पुनर्स्थापना

बागलुङ: उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीले ध्वस्त गरेका संरचना अब आफैं पुनर्निर्माण गर्ने बताएका छन् ।

१० वर्षे द्वन्द्वका क्रममा विस्थापित भएको नेपाल बैंक लिमिटेड गलकोट शाखाको शनिबार उद्घाटन गर्दै मन्त्री महराले भौतिक संरचना ध्वस्त मात्र नभई पुनर्निर्माणसमेत गर्ने बताए ।

सशस्त्र द्वन्द्वका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण माओवादी नेतृत्वमा मात्र सम्भव रहेको पनि उनले दाबी गरे । 'हामी माओवादीले ध्वस्त गर्न मात्र होइन, पुनर्निर्माण र पुनस्र्थापना गर्न पनि जानेका छौं', नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महराले भने, 'यसको जिम्मा लिन हामी तयार छौं, पहिले वस्तुगत आवश्यकताले भत्कायौ, अब पुनर्निर्माण गछौं ।' द्वन्द्वका क्रममा ध्वस्त भएका संरचनाको पुनर्निर्माण र पुनस्र्थापनमा आवश्यक सबै किमिसको सहयोग गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।

मन्त्री महराले नागरिकको घर-घरमा बैंकिङ सेवा पुग्नुपर्नेमा जोड दिँदै बैंकलाई ग्रामीणमुखी हुन आग्रह गरे । 'मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय संस्था महत्त्वपूर्ण आधार हुन्', मन्त्री महराले भने, 'नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ ।' मन्त्री महराले विगतको द्वन्द्वले बन्द हुन पुगेका सबै वित्तीय संस्था पुनःस्थापना गरिने बताए ।

बैंकप्रति आकर्षण बढाउन जनताको घरघरमा पुगेर काम गर्नुपर्नेमा उनले जोड दिए । प्रत्येक घरमा एक खाता सञ्चालन गर्न आग्रह गर्दै उनले आर्थिक समृद्धिका लागि बैंक महत्त्वपूर्ण हुन सक्ने बताए ।

द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेडको गलकोट शाखा १५ वर्ष पछि पुनस्र्थापना भएको गरिएको छ । १५ वर्षपछि पुनःस्थापना बैंकले गत पुस ३ गतेदेखि सेवा दिन सुरु गरेको हो । बैंकको आफ्नो भवन जीर्ण भइसकेकाले तत्कालका लागि भाडाको घरबाट सेवा सुरु गरेको नेपाल बैंक लिमटेड गलकोट शाखाका प्रबन्धक लक्ष्मण रखालले जानकारी दिए । गाउँमा शाखा स्थापना भएपछि स्थानीय विकास योजनाको रकम लिन सदरमुकाम जानुपर्ने बाध्यता हट्ने भन्दै बागलुङको गलकोट क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।

बंकले तत्कालका लागि बचत संकलन, कर्जा प्रवाह, रेमिटेन्स, मोबाइल, इन्टरनेट बैंकिङ, एबीबीएस सेवा तत्काल सुरु गरेको र थप सेवा विस्तार गर्दै जाने जनाएको छ । स्थानीयवासीको लामो प्रयास र दबाबपछि गाउँमा शाखा कार्यालय पुनस्र्थापित भएपछि गलकोट क्षेत्रका १६ गाविसका वासिन्दा प्रत्येक्ष लाभान्वित हुने स्थानीय ललित श्रीसले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.