जीवन रानालाई झापाली समाज युएईको दुई लाख ४० हजार सहयोग

जीवन रानालाई झापाली समाज युएईको दुई लाख ४० हजार सहयोग

युएई : झापाली समाज युएईले जीवन रानामगरलाई दुई लाख ४० हजार सहयोग हस्तान्तरण गरेकोछ। युएईमा उपचारत सुरुङ्गा ३ झापा निवासी रानामगरलाइ झापाली समाज युएईले आर्थिक सहयोग गरेको हो ।

गत डिसेम्बर २४ मा युएईस्थित शारजाहमा बाटो काट्ने क्रममा गाडीको ठक्करले गम्भीर घाइते भएका रानामगरलाई झापाली समाजले सहयोग गरेको हो ।

जीवन राना सहयोग अभियान चलाएर संकलन भएको सहयोग रहम हस्तान्तरण गरिएको हो । गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा गठित समितिले आर्थिक संकलन गरेको थियो । सहयोग संकलनका लागि झापाली समाज शारजाह क्षेत्रीय समितिका अध्यक्ष रामकुमार राउतलाई संयोजक तोकिएको थियो ।

राउतको सयोजकत्वमा झापाली समाज युएईका विभिन्न क्षेत्रमा रहेका समितिले सहयोग रकम संकलन गरेका थिए । झापाली समाजको पहलमा संकलन भएको रकम शनिबार हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरको अवसरमा सहयोग संकलन समितीका संयोजक रमेश श्रेष्ठ, अल खैमा क्षेत्रीय समिती सचीव शेर सुनार, गैर आवासीय नेपाली संघका सदस्य रेशम लामा, इनासका महासचिव राम तामाङ, झापाली समाज युएईका निवर्तमान अध्यक्ष मोहन सिवाकोटी, सहयोग संकलन समितिका सयोजक रामकुमार राउत, शारजाह क्षेत्रीय समितीका सचिव भरत बुढाथोकी, उपाध्यक्ष रत्न सापकोटा, कृष्ण फुयाल , रोहित भण्डारी र पत्रकार मेघराज सापकोटाको उपस्थितिमा रहेको झापाली समाज युएईका केन्द्रीय प्रवक्ता रामप्रसाद ढुङ्गेल जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.