नवलपरासीमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु
परासीः नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
ट्याक्टर दुर्घटना परी दुम्किवास– ६ का वर्षीय रेश्मी मगर र शम्भु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
अरुणखोलाबाट दुम्किवासतर्फ जाँदै गरेको लु ३ त २६९९ नम्बरको ट्याक्टर आइतबार दिउँसो अरुणखोला जंगलमा अनियन्त्रित भएर पल्टिएको थियो।