हिमपातले युरोपेली जीवन कष्टकर

हिमपातले युरोपेली जीवन कष्टकर

बुखारेस्ट (रोमानिया) : पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको छ । बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले त्यहाँका बासिन्दाले निकै कष्ट भोग्नुपरेको छ ।

अति कठ्यांग्रिने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भइदिनाले यात्रामा ज्यादै कठिनाइ र विलम्ब, ठाउँ ठाउँमा विद्युत् आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले हजारौं मानिस चिन्तित भएका छन् । यस वर्षको कडा ठण्डी युरोपभर फैलिँदा कम्तीमा ७३ जनाको ज्यान लिइसकेको छ । ठण्डीकै कारण पोल्यान्डमा सयौं मानिस हिउँमा फसेका छन् । लाखौं आप्रवासीहरूको बिजोग छ । ग्रिसमा करिब ७० हजार आप्रवासी हिउँमा फसेका छन्। तिनको बस्ने ठाउँ छैन ।

त्यस्तै बिहानैदेखि रोमानियामा सुरु भएको हिमपात, खपिनसक्नुको जाडो र चीसो हावाका कारण गन्तव्यतर्फ जाने सडक यातायात ठप्प भएका छन् भने रेलहरू राम्ररी चल्न नसक्दा सबैतिर ज्यादै विलम्ब भएको छ । शीघ्र यातायात सेवा, मध्यम तथा लामो दूरीका हजारौं बस तथा मिनीबसहरू यातायात सञ्चालन गर्न नसकी सुरुङमार्गमा आ श्रय लिई रोकिरहन बाध्य छन् । सडकभरी तथा यत्रतत्र हिउँ जमेकाले स्कीका सौखिनहरू कतैकतै बडो रमाएर खेलिरहेका पनि देखिन्छन् ।

सर्बियामा पनि ठण्डीले छ जनाको ज्यान लिएको छ । त्यहाँका सरकारी अधिकारीहरूले भारी हिमपात भइरहेका क्षेत्रका बस्तीबाट १३० जनालाई उद्धार गरी अन्तै लगेका छन् । बाटोघाटोको हिउँमा फसेका यात्रुहरूको उद्धार गर्न विशेष प्रकारका दर्जनौं गाडी परिचालन गरिएको छ । हिमपातबाट नराम्ररी प्रभावित रोमानिया र सर्बियाका सबै स्थानका विद्यालय अनिश्चित कालका लागि बन्दसमेत गरिएका छन् ।

अफ्रिकाको बाटो हुँदै युरोप छिर्ने क्रममा मानव तस्करी गर्नेहरूले बीच बाटोमै छोडिदिएपछि केहि आप्रवासी मृत अवस्थामा भेटिएका छन् । ग्रिसको टापुहरूमा बस्ने मध्ये १५ हजारभन्द्या बढी मानिसको अवस्था गम्भीर छ । बाल्कन क्षेत्रमै सन् १९६३ पछि यो महिना सबैभन्दा बढी ठण्डी भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.