टीसीएल उत्कृष्ट ब्रान्ड घोषित
काठमाडौः टीसीएल ब्रान्ड अन्तर्राष्ट्रिय डाटा समूह (आडीजी) बाट सम्मानित भएको छ । आइडीजीको २०१६–२०१७ मा कम्पनी उत्कृष्ट ५० ब्रान्डमा परेको छ ।
साथै चाइनाद्वारा घोषणा गरिएको उपहारमा कम्पनी १० औं ब्रान्डका रूपमा सम्मानित भएको कम्पनीले जनाएको छ । विश्वको तेस्रो ठूलो टीभी निर्माता कम्पनी टीसीएललाई क्वान्टम डट टीभीका लागि वर्षभरिकै ग्लोबल डिस्प्ले टेक एनिमेसन अवार्डसमेत हात परेको छ ।
योसँगै टीसीएलले सी१५बीएबाहेक विश्वको ठूलो स्क्रिन उत्पादनको पुरस्कारसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ । विश्वव्यापी उत्कृष्ट ब्रान्ड र इलेक्ट्रोनिक्स उद्यमीका लागि सम्मान गर्न आयोजित कार्यक्रममा कम्पनी सम्मानित भएको हो ।
सन् १९८१ मा स्थापित टीसीएल प्रमुख अन्तर्राष्ट्रिय स्मार्ट टीभी निर्माता कम्पनीका रूपमा प्रख्यात छ । कम्पनीले ग्राहकको जीवनमा सकारात्मक प्रभाव पार्नेगरी खुसी ल्याउन अविष्कार गर्न बाँकी रहेको जनाएको छ ।
नेपालमा टीसीएलको आधाकारिक बिक्रेताका रूपमा चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालि रहेको छ ।