वृज सिमेन्टको कार्यक्रम
काठमाडौः वृज सिमेन्ट इन्डष्ट्रिज कम्पनीले धादिङको सदरमुकाम धादिङबेसीमा विभिन्न पक्षसँग अन्तक्र्रिया गरेको छ । कम्पनीले विभिन्न सरकारी कार्यालयका प्रमुख, इन्जिनियर, निर्माण व्यवसायी र हार्डवेयर व्यवसायीसँग अन्तक्र्रिया गरेको हो ।
अन्तक्र्रिया कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिमेन्टमा गुणस्तरीयता कायम राख्न सकेमात्र सिमेन्टको बजार राम्रो हुने बताए । प्रजिअ ढकालले गुणस्तरहीन सिमेन्ट प्रयोग गर्दा घरदेखि साना/ठूला सबै आयोजना मजबुत नहुने र त्यसले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् ।
वृज सिमेन्ट इन्डष्ट्रिजका महाप्रबन्धक रवि रञ्जनले कम्पनीको विस्तृत जानकारी गराउँदै सिमेन्टको गुणस्तर राम्रो भएमा सबैले वृज सिमेन्ट नै रोज्ने हुनाले कम्पनीले गुणस्तरमा ध्यान दिएको बताएका छन् । उनले राष्ट्रिय गौरबका ठूला आयोजना वृज सिमेन्टबाटै निर्माण भइरहेको दाबी गरेका छन् ।
कम्पनीका प्रोजेक्ट म्यानेजर (टेक्निकल) रवि रौनियारले परिमाण र गुणस्तरमा सन्तुलन गरेर कम्पनीले सिमेन्ट बजारमा ल्याएको बताए । निर्माणमा सिमेन्ट, बालुवा, गिट्टि, डन्डी र इट्टा अपरिवर्तनीय हुने बताउँदै पाँच अपरिवर्तनीय वस्तुमा चारओटासँग सिमेन्टको सम्बन्ध रहने उनले बताए । दैनिक ल्याब जाँच गरेर सिमेन्ट बजारमा पठाइएकाले ढुक्क भएर प्रयोग गर्न कम्पनीले सबैसँग आग्रह गरेको छ ।