सिटिजन्स बैंकको ईएमभी चिप कार्ड
काठमाडौः सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले ईएमभीमा आधारित चिप कार्ड जारी गरेको छ । योसँगै कम्पनीले ग्राहकसँग रहेका पुराना र म्याद नाघेको म्यागनेटिक स्ट्रिप कार्ड नविकरण गर्दा अनिवार्य रूपमा चिप वितरण गर्नेछ भने म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहनेका लागि न्यूनतम शुल्क लिई परिवर्तन गरिने जनाएको छ ।
बैंकले हाल नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने इन्टरनेसनल डलर डेबिट एवं क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । चिप कार्डको प्रयोगबाट कारोबार सुरक्षित एवं भरपर्दो हुने हुँदा डाटा चोरी एवं अनधिकृत कारोबार रोकिने कम्पनीले जनाएको छ ।
बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका उपत्यकाभित्र २७ र उपत्यकाबाहिर २६ गरी कुल ५३ वटा एटीएम सञ्चालनमा छन् ।