सिद्धार्थ बैंकको हकप्रद सेयर निष्कासन
काठमाडौः सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनसम्बन्धमा बैंक र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मि श्र र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
बैंकको १७ औं वार्षिक साधारणसभाले विद्यमान सेयरधनीमा (बोनस सेयर जारीपश्चात) १० ः ६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निणर्य गरेको थियो । बैंकको चुक्ता पुँजी एक अर्ब ४१ करोड ९१ लाख ६७ हजार रहेको छ ।
हकप्रद सेयर निष्कासनपश्चात बैंकको चुक्ता पुँजी २२ करोड ७० लाख ६६ हजार हुने बैंकले जनाएको छ । बैंकले चालू आवमा आर्जित मुनाफाबाट बोनस वितरण गरी नेपाल राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्याउनेछ ।