पुनर्निर्माणमा डीएफआईडी नेपालको प्रतिबद्धता
काठमाडौः भूकम्पपछिको पुनर्निर्माणका लागि डिएफआईडीले सात करोड ३० लाख पाउन्ड बराबरको रकम प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाललाई भूकम्पले विनाश गरेका समुदायलाई शिघ्र राहत प्रदान गर्ने उद्देश्यले संयुक्त रूपमा सात करोड पाउण्ड बराबरको मानवीय सहायता प्रदान गरेको थियो ।
यस सहयोगअन्तर्गत भूकम्प गएलगत्तै २१ हजारभन्दा बढी मानिसलाई आपतकालिन वासस्थान, ७० हजार मानिसलाई संक्रमणकालिन वासस्थान र ५६ हजारभन्दा बढी मानिसलाई खानेपानी तथा सरसफाइ सहायता प्रदान गरेको थियो ।
डिएफआईडी नेपालले पुनर्निर्माणको प्रक्रियामा पछाडि परेका र संवेदनशील वर्गका मानिसलाई सहायता र स्रोतपाउन पुर्याउन कटिबद्ध रहेको जनाएको छ ।