ग्लोबल बैंकलाई आस्वा स्वीकृति

ग्लोबल बैंकलाई आस्वा स्वीकृति

 काठमाडौः नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आईएमई बैंकले आस्वा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) प्रणालीको अनुमति पाएको छ ।

सार्वजनिक रूपमा निष्कासन गर्ने साधारण धितोपत्र (आईपीओ) तथा थप धितोपत्र (एफपीओ) को निष्कासनका समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यससम्बन्धी कार्य गर्न नेपाल धितोपत्र बोर्डले ग्लोबल आईएमई बैंकलाई अनुमति दिएको हो ।

उक्त अनुमतिपश्चात नेपाल धितोपत्र बोर्डले लागू गरेको आस्वा प्रणालीमार्फत सेयर लगानीकर्ताले माग गरेको सेयरबापत हुन आउने रकम लगानीकर्ताको बैंक खातामा रोक्का हुनेछ ।

यस प्रणालीमा माग गरेको सेयर बराबरको रकम खातामा रोक्का भई सेयर बाँडफाँडमा परेको रकम कटौती गरी बाँकी रकम खातामा नै सुरक्षित रहने सुविधा लगानीकर्ताले पाउनेछन् । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै आस्वा प्रणालीमा आबद्ध भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.