एमआइ सिरिजका नयाँ स्मार्टफोन
काठमाडौः साओमीले नेपाली बजारमा एमआइ ५एस फोन सार्वजनिक गरेको छ । विश्व बजारमा स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामग्रीको डिजाइन, उत्पादन र प्रवद्र्धन गर्दै आएको कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।
सन् २०१० अप्रिल ६ मा स्थापना भएको साओमी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनीका रूपमा स्थापित भइसकेको छ । यस कम्पनीले २०१५ को अन्त्यसम्म सात करोड स्मार्टफोन बिक्री गर्न सफल भएको थियो ।
कम्पनीले नेपाली बजारमा रुचाइएको एमआइ ब्रान्डअन्तर्गत रेडमी ४ र एमआइ सिरिजको एमआइ ५ लाई परिमार्जित गरी एमआइ ५ एस बजारमा ल्याएको छ । सस्तो मूल्यमा गुणस्तरीय सेवा दिने रेडमी ४एमा दुई जीबी र्याम र १६ जीबी रोम रहेको छ ।
पाँच इन्चको डिस्प्ले रहेको फोनमा ३१२० एमएएचको ब्याट्री राखिएको छ । यसको बजार मूल्य १४ हजार नौ सय ९९ रहेको छ भने यसमा ५.१५ इन्चको डिस्प्ले छ । ४९ हजार नौं सय ९९ मूल्य रहेको फोनमा क्वालकम स्न्यापड्रयागन ८२५ प्रयोग गरिएको छ ।
मेटल बडीमा निर्मित यो फोनमा फोरजी सेवासमेत सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यसको अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर, ३२०० एमएएच ब्याट्री, तीन जीबी र्याम र ६४ जीबी रोम छ । फोनमा चार एमपीको फ्रन्ट र १३ एमपीको रियर क्यामरा राखिएको छ ।