अर्घाखाँची सिमेन्टको भेटघाट कार्यक्रम

 अर्घाखाँची सिमेन्टको भेटघाट कार्यक्रम

काठमाडौः अर्घाखाँची सिमेन्ट प्रालिले चितवनमा भेटघाट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका सहभागीले ओपीसी सिमेन्टको गुणस्तरलाई सधै एकनास राख्न माग गरेका छन् ।

कार्यक्रममा बोल्दै इन्जिनियर एसोसियसन चितवनका अध्यक्ष हरि भण्डारीले हरेक सिमेन्ट कम्पनीले आफ्नो गुणस्तरको प्रचार गरिरहेको अवस्थामा अर्घाखाँचीले आफ्नो गुणस्तरलाई कायम राख्नुपर्ने बताए ।

उनले सिमेन्ट उद्योगले सिमेन्टको गुणस्तर आफ्नो ल्याबमा मात्रै परीक्षण नगरी इन्जिनियर एसोसियसनको ल्याबमा परीक्षण गरेर देखाएमा इन्जिनियरलाई पनि प्रचारप्रसारमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देशभर अर्घाखाँची सिमेन्टको माग बढिरहेका बेला गुणस्तरलाई ख्याल गर्दै उत्पादनमा वृद्धि गनुपर्ने बताए । उनले विदेशी सिमेन्टलाई प्रतिस्पस्थापन गर्न स्वदेशी सिमेन्टको उत्पादनलाई वृद्धि गर्नु आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ रत्न नगरका अध्यक्ष ज्ञानबहादुर बिसुरालले हरेक क्षेत्रमा अर्घाखाँची सिमेन्टको प्रयोग बढ्दै जानु सुखद भएको भन्दै यसलाई कायम राख्दै अघि बढ्नुपर्ने बताए । रत्ननगरमा भइरहेको सडक विस्तारमा अर्घाखाँची सिमेन्टको प्रयोग भइरहेकोमा यसले सिमेन्टको गुणस्तर राम्रो भएको बताए ।

कार्यक्रममा कम्पनीका बजार प्रमुख रमेश थापाले उत्पादनको छोटो समयमै सिमेन्टले पाएको सफलतामा खुसी व्यक्त गरे । उनले चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड, विभिन्न हाइड्रोपावरमा पनि अर्घाखाँची सिमेन्टको प्रयोग भइरहेकोमा माग बढ्दै गएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.