गण्डकी विकास बैंकको साधारणसभा

गण्डकी विकास बैंकको साधारणसभा

 काठमाडौः गण्डकी विकास बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले यस बैंक र फेवा विकास बैंकसँग एक आपसमा मर्जर गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सोही दिन फेवा विकास बैंकको साधरणसभाले पनि मर्जर प्रस्तावलाई पारित गरेको बैंकले जनाएको छ । फेवा विकास बैंकसँग हुने मर्जरको सेयर स्वाप अनुपात एक बराबर एक हुनेछ । सभाले मर्जरपश्चात गठन हुने सञ्चालक समितिका सदस्य चयन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ ।

बैंकले राष्ट्र बैंकको स्वीकृतिपछि संयुक्त कारोबार हुने जनाएको छ । मर्जरपश्चात बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड राखिनेछ भने बैंकको संचालक समिति अध्यक्षमा जगनबहादुर गुरुङ र प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहनेछन् । मर्जरपश्चात बैंकको कुल चुक्ता पुँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार पुग्नेछ भने कुल शाखा संख्या ५० र एटीएम संख्या २० पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.