यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजना
काठमाडौः यती डेभलपमेन्ट बैंकले साना तथा मझौला व्यापार व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले यती सजिलो कर्जा तथा यती घर कर्जा योजना ल्याएको छ ।
यती सजिलो कर्जाअन्तर्गत व्यवसायीले अधिकतम एक करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्मको ब्याजदरमा कर्जा सुविधासहित व्यवसायीले ओभरड्राफ्ट, १० वर्षसम्मको किस्ताबन्दी वा दुवै सुविधा उपभोग गर्न सक्नेछन् ।
त्यसैगरी यती घरकर्जाअन्तर्गत घर, अपार्टमेन्ट तथा जग्गा खरिद, निर्माण तथा मर्मत गर्न एक करोडसम्मका कर्जा ग्राहकले २० वर्षको कर्जा सुविधा पाउनेछन् । आवश्यक कागजात पूरा भएको तीन दिनमा नै उक्त कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
यती डेभलपमेन्ट बैंकले २०७३ पुस मसान्तसम्म १२ अर्ब ०६ करोड निक्षेप तथा १० अर्ब ०८ करोड कर्जा परिचालन गर्न सफल भएको छ । चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउन बैंकले दुई बराबर एकका दरले हकप्रद सेयर निष्कासन प्रक्रिया अन्तीम चरणमा पुगेको बैंकले जनाएको छ ।