लक्ष्मी र प्रोफेसनल दियालोको एकीकृत कारोबार
काठमाडौः लक्ष्मी बैंक लिमिटेडले प्रोफेसनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी लक्ष्मी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।
प्राप्तिपश्चात काभ्रेको पाचँखाल र भकुन्डेबेसी, सिन्धुपालचोकको चौतारा, भरतपुरको (चितवन हाकिमचोक) र कास्कीको चिप्लेढुंगामा लक्ष्मी बैंकका पाँचवटा नयाँ शाखा थपिएका छन् । योसँगै बैंकको शाखा सञ्जाल ६४, दुई विस्तारित काउन्टर, ८० एटीएम पुगेको छ ।