प्रशासनको पुनःसंरचना आवश्यकः मन्त्री बुढाथोकी

प्रशासनको  पुनःसंरचना आवश्यकः मन्त्री बुढाथोकी

भद्रपुरः सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले मुलुकको राजनीतिक परिवर्तनसँगै प्रशासनको पनि पुनःसंरचना आवश्यक रहेको बताएका छन् ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमबार झापाको जिविस हलमा आयोजित संविधान कार्यान्वयन तथा प्रशासन पुनःसंरचनाका सम्बन्धमा सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रशासनमा सुधार आवश्यक भएको बताएका हुन् ।

 उनले सिंहदरबारको अधिकारलाई स्थानीय तहसम्म पुर्‍याउन सकेमा मात्र स्थानीय तहबाट जनता अपेक्षित लाभान्वित हुने भन्दै निजामती कर्मचारीले पनि आफ्ना दृष्टिकोणलाई फराकिलो पार्न आग्रह गरे ।

 कर्मचारीको व्यवहारबाट नै मुलुकको आर्थिक सामाजिक र राजनीतिक क्षेत्रको विकास हुने मन्त्री बुढाथोकीको भनाइ थियो । सरकारले कर्मचारीको लागि स्वास्थ्य बिमा र निवृत्तकोष स्थापना गर्न आवश्यक छलफल गरिरहेको मन्त्री बुढाथोकीले बताए ।

 कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव दिनेशकुमार थपलियाले संविधानको सफल कार्यान्वयनमा राजनीतिक संरचना, प्रशासनिक पुनःसंरचना र वित्तीय व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिए ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डिल्लीराम शर्माले संविधानको कार्यान्वयन र प्रशासनको पुनःसंरचनाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.