झापामा भूकम्पको पुरानो अवशेष फेला

झापामा भूकम्पको पुरानो अवशेष फेला

दमकः इलाम र झापाको संगमस्थल चुरे क्षेत्रमा भूकम्पको पुरानो अवशेष फेला परेको छ । दमक-५ स्थित बेलडाँगी शरणार्थी क्याम्पदेखी करिब तीन किलोमिटर उत्तर पूर्वतर्फ भूकम्पको अवशेष फेला परेको हो ।

नेपाल, अमेरीका र जापान विश्वविद्यालयको एक अनुसन्धान टोलीले भु-उपग्रहको माध्यमबाट सो क्षेत्रको तस्बिर खिचेर चुरेको फेदीमा रहेको थूम्कोलाई खाल्डो खनेर अनुसन्धान गरेको हो। त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक डा. दिपक चम्लगाईले करिब २७ मिटर लम्बाई, ३ मिटर चौडाई र ५ मिटर गहिराईको खाल्डो खनेर अनुसन्धान गर्दा सो क्षेत्रमा भूकम्पको दरार फेला परेको जानकारी दिए । फेला परेको भूकम्पको दरार पूर्वमै पहिलो भएको उनको भनाई थियो ।

सो दरार देखिएको माटोको बिभिन्न लेयरको अनुसन्धान गरिने नेभादा विश्वविद्यालय अमेरिकाका प्रोफेसर डा स्टीभ वेस्नोस्कीले जानकारी दिए । यसको अध्ययन अनुसन्धानबाट सो भूकम्प कति बर्ष अगाडि गएको हो र फेरी पुनराबृत्ति हुने संभावना छ छैन पत्ता लाग्ने डा. चम्लगाईले जानकारी दिए ।

भूकम्पको दरार फेला पर्नु भु-गर्भका बारेमा अध्ययन अनुसन्धान गर्नेहरुका लागि अत्यन्तै ठुलो सफलता रहेको उनले बताए । रेडियो कार्बन डेटिङ प्रबिधि अर्थात कोइलाको अध्ययनबाट भूकम्पको उमेर पत्ता लगाईने उनले बताए । हिमालय क्षेत्रमा देखिने दरारसंग अहिले देखिएको दरार मिल्ने उनले बताए ।

चम्लगाईले भने-‘यो दरार हामीले अध्ययन गरेको मध्ये सबैभन्दा स्पष्ट दरार हो, यस्तो दरार देखिनुले पूर्वमा भूकम्पको जोखिम कम देखाएको छ, जहाँ दरार भेटिदैन त्यहा भूकम्पको शक्ति संचित रहेको अनुमान गर्न सकिन्छ ।’

सो क्षेत्रमा रहेको माटो प्रयोगशालामा लगेर अध्ययन गरी कति बर्ष अगाडी गएको भूकम्प पत्ता लाग्ने र यसको रिर्पाेट आउन ३-४ महिना लाग्ने उनले बताए । नेपालमा आवश्यक प्रबिधि नभएकोले माटोे बिदेशमा लगेर अध्ययन गरिने चम्लगाईले जानकारी दिए ।

स्थानीयबासीका अनुसार गोरखा भूकम्प भन्दा पहिला नै सो क्षेत्रमा थुम्को रहेको थियो । त्यसैले पनि गोरखा भूकम्पको दरार नभई त्यो भन्दा अगाडिको ऐतिहासिक दरार हुनसक्ने चम्लगाईले बताए । उनले भने- ‘यो हाम्रा लागि नभएर यो ठाउका लागि पनि महत्वपुर्ण कुरा हा, यो उत्खनन् गरिएको ठाउलाई म्युजियमको रुपमा विकास गरेर अनुसन्धान केन्द्रको रुपमा बिकास गर्न सकिन्छ ।’

टोलीले दरार पत्ता लगाएर अनुसन्धान गरे संगै त्यहाँका स्थानीयबासी भूकम्पकाबारेमा जिज्ञासु बन्न थालेका छन् । हाल सो क्षेत्रमा टोलिले दरारको नक्सांकन तयार पारिरहेको छ । त्यहाको कोइलाको परिक्षणपछि मात्र दरारका बिषयमा बिस्तृत कुरा पत्ता लाग्नेछ ।

यस्तो दरार मोरङ्गको मधुमल्ला स्थित कान्छि चौक माथि चुरे क्षेत्रमा भेटिएको र त्यसको पनि बुधबार बाट अध्ययन सुरु गरिने भएको छ ।

अनुसन्धान टोलीमा नेभादा विश्वविद्यालय अमेरिकाका प्रोफेसर डा स्टीभसहित उनका तीन विद्यार्थी, जापानको हिरोसिमा विश्वविद्यालयका डा. यासुहिरो कुमाहारा र त्रिभुवन विश्वविद्यालयका डा चम्लगाई सहित एक विद्यार्थी समाबेश छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.