मन्त्री गगन थापा भन्छन्ःसंविधान संशोधन प्रस्ताव पारित हुन्छ
चरिकोटः स्वास्थ मन्त्री गगन कुमार थापाले सरकारले पेश गरेको संविधान संसोधन प्रस्ताव जुनसुकै हालतमा पास हुने बताएका छन् ।
साँस्कृतिक संघ दोलखाको दोश्रो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संशोधन प्रस्ताव पारित हुनेमा आफू ढुक्क रहेको बताए ।
नेकपा एमालेका अध्यक्ष र तत्कालीन पार्टी सभापति सुशील कोईरालाले तयार पारेको खाकालाई नै सरकारले पुर्णरुप दिनको लागि संसोधन प्रस्ताव पेश गरेको भन्दै मन्त्री थापाले संशोधन पास नहुने कुनै कारण नभएको बताए ।
उनले संशोधन प्रस्तावमा पास भएपश्चात निर्वाचन सम्बन्धी बिधयक पनि पास हुने बताए । जेठ अन्तिममा भएपनि स्थानीय निर्वाचन हुने उनको भनाई थियो । उनले नेता तथा कार्यकर्तालाई निर्वाचनमा जुट्न आग्रहसमेत गरेका छन् ।