एनसीसीको डेपुटी सीईओमा पाठक

एनसीसीको डेपुटी सीईओमा पाठक

काठमाडौंः नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले बन्दना पाठकलाई उप प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त गरेको छ ।

सोही बैंकका उपमहाप्रवन्धकमा कार्यरत पाठकलाई डेपुटी सीईओमा बढुवा गरेको एनसीसी बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २३ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ ।

पाठकले १३ वर्ष एनसीसी बैंकमा र १० वर्ष नेपाल बंगलादेश बैंकमा काम गरिसकेकी छन् । विभिन्न चार वटा विकास बैंक मर्ज गरेपछि बनेको नयाँ व्यवस्थापनले उनलाई डेपुटी सीईओको जिम्मेवारी दिएको हो ।

बैंकले मर्ज हुनु अगाडिको तीन वटा विकास बैंकका सीईओत्रय राजाराम खड्का, कमल गौतम र रेवन्तकुमार दाहाललाई भने उपमहाप्रवन्धको जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.