माघी मेलामा लाठीचार्ज : पाँच व्यापारी पक्राउ

माघी मेलामा लाठीचार्ज : पाँच व्यापारी पक्राउ

बर्दिया : बर्दियाका पर्यटकीय नगरी ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसरमा लगाइएको माघी मेलामा प्रहरीले लाठीचार्ज गरेको छ ।

मेलामा स्टल राखेका स्थानीय व्यापारीलाई प्रहरीले कुटपिट गरेपछि आक्रोशित व्यवसायीको भिडलाई नियन्त्रणमा लिन प्रहरीले मेलामा लाठीचार्ज गरेको हो ।

प्रहरीको लाठीचार्जबाट दुर्गा टेन्ट हाउसका संचालक दुर्गा जैसी घाइते भएका छन् । एकजना पत्रकारले प्रहरीले मेलामा पैसा असुली गरेको सम्बन्धी प्रतिकृया लिएपछि आक्रोशित प्रहरीले पत्रकार खोज्ने क्रममा व्यापारी माथि कुटपिट गरेको स्थानियको आरोप छ ।

प्रहरीले राति अन्धाधुन्धा हवाईफायर गर्दै लाठीचार्ज गरेको स्थानियले बताएका छन् । एक सातासम्म चल्ने स्थानीय माघी मेला प्रहरीले लाठीचार्ज गरेपछि स्थगन भएको हो ।

मेलाबाट ५ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उपरीक्षक खड्काको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.