सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु

सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु

काठमाडौं : हिमाल आरोहण प्रमाणित गर्न हिँडेका सरकारी सम्पर्क अधिकृतको खुम्बु लबुचे क्षेत्रस्थित ४६ सय मिटरको खुम्बु क्षेत्रमा मंगलबार मृत्यु भएको छ । टुक्ला क्षेत्रमा बेहोस भएका सरकारी सम्पर्क अधिकृत ३७ वर्षीय पदमजंग राईलाई उपचारका लागि लुक्ला ल्याउने क्रममा हेलिकोप्टरमै दिउँसो १२ बजे मृत्यु भएको जानकारी पर्यटन विभागले दियो।

राईलाई विभागले सम्पर्क अधिकृत तोकी पुस २७ गते त्यस क्षेत्रमा पठाएको थियो । दुई स्पेनिस नागरिकले सगरमाथा आरोहणको अनुमति लिएपछि आरोहण प्रमाणित गर्न विभागले राईलाई खटाएको थियो । विभागले ६ हजार ५ सय मिटरमाथिका हिमाल आरोहणको अनुमति दिएसँगै एक टोलीका लागि एकजना सम्पर्क अधिकृत पठाउने चलन छ । भोजपुर घर भएका राई राष्ट्रिय संग्रहालय छाउनीमा कार्यरत थिए ।

‘विन्टर सिजन’ भएकाले चिसो बढी हुने र अन्य समयको भन्दा फरक मौसम हुनाले राईको मृत्यु अल्टीच्युडकै कारण हुनसक्ने आरोहण दललाई लिएर हिँडेका सेभेन समिट ट्रेकिङ एजेन्सीका प्रमुख मिङ्मा शेर्पाले बताए ।

एजेन्सीले दिएको सूचनाका आधारमा थाहा भएकालेराईको मृत्युबारे विस्तृत जानकारी बुधबार शव काठमाडौं ल्याई पोस्टमार्टमपछि मात्र दिने विभागले जनायो । खुम्बुको ४६ सय मिटरको टुक्ला पास गर्ने क्रममा राई बिरामी परेपछि उपचारका लागि लुक्ला ल्याउँदा हेलिकोप्टरमै मृत्यु भएको थियो । बिरामी भएको जानकारी एजेन्सीले गराएपछि उद्धारका लागि हेलिकोप्टर पठाए पनि बाटोमै मृत्यु भएको खबरमात्र प्राप्त गरेकाले मृत्युको कारण नखुलेको विभाग स्रोतको दाबी छ ।

विभागका अनुसार राई पहिलोपटक हिमाल पुगेका थिए । उनको शव बुधबार काठमाडौं ल्याउने तयारी छ । विभागमा सात दिनको तालिम प्राप्त गरेको र स्वास्थ्य परीक्षण प्रमाणपत्र विभागमा दिएपछि मात्र हिमालमा सम्पर्क अधिकृत पठाउने व्यवस्था छ ।

सेभेन समिट ट्रेकिङ एजेन्सीमार्फत् स्पेनका दुईजना पर्यटकले हिउँदे मौसममा सगरमाथा आरोहण गर्ने प्रयास गरेको छ । सातायता पश्चिमी वायु नेपाल प्रवेशसँगै तापक्रम न्यूनतममा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.