विद्युत प्राधिकरणको बेवास्ताले सदरमुकाम जोखिममा

विद्युत प्राधिकरणको बेवास्ताले सदरमुकाम जोखिममा

भोजपुर: सदरमुकाममा बिजुलीका तार यत्रतत्र लत्रिएका छन् । कुनै पोल भाँचिएका । कुनै मक्किएका । पोलमा तारको भार छ । पानीट्याङ्की स्थित भोजपुर-लेगुवा मुख्य सडक खण्डमा पर्ने बस टिकट काउण्टर छेउमा फलामे साईन बोर्ड माथि विजुली तारको चाङ छ । सदरमुकामभरमा पुग्ने मेन लाइनको तार चुट्टिने अवस्थामा लत्रिएको छ ।

चारभञ्ज्याङ, बीचबजार, बैकरोड, गेटरोड लगायतका मुख्य चोक र बस्तीमा गाडिएका पोल र टाँगिएका तारको हबिगत उस्तै छ । पोल ढलेर कतिबेला तार जुध्ने हो ? कस्तो जोखिम आइपर्ने हो ? टुगों छैन । बर्षौ गाडिएका फालामे पोल खिया लागेर छियाछिया भएका छन् । एउटै पोलबाट धेरै सेवाग्रहीलाई जोडिदिएका तारलाइन एकैठाँउ जोल्ठिएका छन् । कुन उपभोक्ताको लाइन हो, विधुत प्राधिकरण आफैले तत्कालै छुट्याउन सक्दैनन् । भुकम्प, आगलागी जस्ता दैवी विपत्तीमा जोखिम बढेको छ । अचानक बिजुली सर्ट हुँदा बजारनै ध्वस्त हुने अवस्था छ । ५ हजार ८ सय सेवाग्राहीले एकैचाटी जोखिम मोल्नुपर्ने स्थिती छ ।

हावाहुरीको मौसम सुरु भैसकेकाले जोखिम झन् बढेको छ । 'हावाले पोल ढालेर विजुली शर्ट हुने, आग्लागी हुने सम्भावना एकदमै बढि छ, कतिबेला कस्तो दुर्घटना आइलाग्ने हो थाहा छैन', देउरालीका सेवाग्राही भीम इशासा राईले भने । प्राधिकरणलाई व्यवस्थापनका लागी पटक पटक आग्रह गरेपनि बर्षौदेखी जस्ताकातस्तै रहेको उनले बताए । 'चाडै व्यवस्थापन गर्छु भन्न छाड्दैन, काम गरेर कहिले देखाउदैन,' स्थानीय पवित्रा राईले बताइन् ।

पटक पटकको आग्रह गर्दासमेत प्राधिकरणको अटेरिपनले सेवाग्राही जोखिममा छन् । ढुवानी र यातायातका साधन ओहोरदोहोर गर्न समस्या छ । पोलहरु अपायक ठाँउमा गाडिदाँ सर्वसाधारणले तार छलेर यात्रा गर्नुपर्ने समस्या छ । कतिपय मुलबाटो र चोकमा आवतजावत गर्नेको भीडमा पर्दा र सडक जाम हुदा बाटो काट्न हम्मे पर्ने बैंकरोडका ज्योती पौडेलले बताए ।

विजुलीतारबाट जोगिनकै लागि ग्राहक परपरै जोगिदै हिड्दा व्यापारीलाई व्यापार गर्न समस्या भैसकेको छ । 'बाटोमा हिँड्नेहरु डराउँदै बाटो देखि परपरबाट जोगिँदै हिँड्छन्, हामी दोकान थाप्नेहरुलाई ग्राहक नआउलान् कि भन्ने डर छ,' एक व्यापारीले भने । यसरी त्रासको अवस्थामा पनि प्राधिकरणको व्यवास्ताले उनीहरु चुपचाप समस्यासंग जुधिरहेका छन् ।

सदरमुकामको विभिन्न चोकहरुका २५ बढि पोल खिइएको, ढल्न लागेको, लत्रिएको अवस्था छन् । प्राधिकरणले कर्मचारी अभावले गर्दा चाहेर पनि व्यवस्थापन गर्न ढिलाई भएको बताउँछ । 'भएका कर्मचारीले समेत काम गर्ने इच्छा देखाउदैनन्, कर्मचारीतन्त्र हावी हुदा सेवाग्राहीका गुनासा सुनेरै पठाउछन्,' नागरिक समाजका संयोजक पर्शराम तिवारीले आरोप लाए ।

सहरको अवधारण विना बर्षौ अघि गाडिएका पोल, टाँगिएका तार पालैपालो रिप्लेस गर्दै आएको विधुत प्राधिकरण वितरण शाखाका प्रमुख खगेन्द्रवहादुर भण्डारीले बताए । कतिपय ठाँउमा वैकल्पिक व्यवस्थापन गर्न सेवाग्राही नै नमानेकाले पोल र तार व्यवस्थापनमा कठिनाइ भएको जनाए । यद्यपी विधुतको अस्तव्यस्तता बारे प्रमुख भण्डारी सकरात्मक छैनन् । 'हामीले कर्मचारी अभावका बाबजुत पनि सेवाग्रहीलाई सेवा दिन चुकेका छैनौ,' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.