नबिल बैंकलाई आस्बा सदस्यता प्राप्त
काठमाडौं: नबिल बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आस्बा सदस्यता प्रदान गरेको छ । आस्बा पद्धतिमा शेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फारममा माग गरिएको संख्याको आधारमा आवश्यक रकम बैंक खातामा रोक्का जनाई आवेदकको बैंक खातामा नै राखिनेछ । उक्त रकम शेयरको बाँडफाँडपश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिने बैंकले जनाएको छ ।
यो सेवासँगै ग्राहकले शेयर बाँडफाँड पश्चात चेक संकलन गर्ने, फिर्ता गरेको चेक संकलनमा ढिलाइ हुनेजस्ता झन्झट लिइरहनु नपर्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आस्बा सदस्यता सेवाले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै शेयर कारोबार गर्ने विद्यमान झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउने बताएका छन् ।