ओमको मुनाफा २९ करोड ८९ लाख
काठमाडौं: ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २९ करोड ८९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकले १२ अर्ब ९८ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरी २९ करोड ८९ लाख सञ्चालन मुनाफा तथा १९ करोड दुई लाख खुद मुनाफा गरेको छ ।
बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत छ भने निक्षेप तरलता अनुपात २३.१३ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकले मनास्लु विकास बैंक लिमिटेडसँग मर्जरमा जान सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ भने आस्वा प्रणालीका लागि पनि स्वीकृति प्राप्त गरिसकेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए ।