नेपाल पोल्ट्री महासंघको अधिवेशन
काठमाडौं: नेपाल पोल्ट्री महासंघको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टको सभापतित्वमा शुक्रबार आयोजित अधिवेशनको प्रमुख अतिथिमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए ।
कार्यक्रममा अध्यक्ष बिष्टले आफूले पोल्ट्री क्षेत्रको समग्र विकासका लागि विभिन्न संघसंस्था तथा नेपाल सरकार अन्र्तगतका विभिन्न निकायसँग सहकार्य गर्दै विविध कार्यक्रम सञ्चालन गरिरहेकाले यो क्षेत्रमा नेपाल आत्मनिर्भर बन्न सफल भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पोल्ट्री व्यवसायीले यस क्षेत्रको विकासका लागि गरेको प्रयासको प्रशंसा गरेका छन् ।
उनले देशमा व्याप्त विविध समस्या, परम्परागत सोच, कानूनी जटिलता, विभिन्न सरकारी झमेला एवम् विभिन्न अन्तरविरोधका बाबजुद पोल्ट्री व्यावसायी निरन्तर सकारात्मक दिशातर्फ अघि बढिरहेको बताए । उक्त अवसरमा दाहालले व्यवसायलाई प्रोत्साहन गर्न केही समयका लागि आयकर छुट दिने व्यवस्था गर्ने जानकारीसमेत गराएका छन् ।
महासंघको उक्त भेलाले गुणचन्द्र बिष्टको अध्यक्षतमा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा रुपमा निर्वाचित गरेको छ । उपाध्यक्षमा नारायणहरि खत्री, टीकाराम पोखरेल र अर्जुनकुमार अर्याल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा दिनेशराज मि श्र, सचिवमा शिवराम केसी र कोषाध्यक्षमा बाबुराजा रावल निर्वाचित भएका छन् ।