देवः विकास बैंकको कोटेश्वर शाखा स्थानान्तरण
काठमाडौं: देवः विकास बैंक लिमिटेडको कोटेश्वरमा रहेको शाखा कार्यालय साविक भवनको सँगै रहेको भवनबाट सञ्चालनमा ल्याइएको छ । शाखा कार्यालयको नयाँ स्थानबाट प्रदान गरिने सेवाको बैंकका अध्यक्ष सुवर्णलाल वज्राचार्यले शुभारम्भ गरेका हुन् ।
ग्राहकलाई सुलभ तथा सहज रुपमा उत्कृष्ट सेवा प्रदान गर्न साविकको स्थानबाट बैंकलाई नयाँ स्थानमा स्थानान्तरण गरिएको हो ।
उक्त अवसरमा बैंकले २०७३ पुस मसान्तसम्ममा नौ अर्ब सात करोड निक्षेप संकलन गरी आठ अर्ब तीन करोड कर्जा प्रवाह गरिएको र सो अवधिमा २२ करोड सञ्चालन मुनाफा हासिल गर्न बैंक सफल भएको बैंकले जनाएको छ ।