सडक बढाउन घर भत्काउन थालियो

सडक बढाउन घर भत्काउन थालियो

हेटौँडाः व्यवसायी र घरधनीहरुको आन्दोलनकाबीच पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको सडक दायाँ बायाँ २५ मिटरमा पर्ने नीजि घरहरु भत्काउन सुरु गरिएको छ । यस अघि सरकारी कार्यालयहरु भत्काएको डिभिजन सडक कार्यालय हेटौँडाले दोस्रो चरणमा मंगलबारदेखि नीजि घरहरु भत्काएर सडक फराकिलो पार्ने काम सुरु गरेको हो ।

बिहान हेटौँडा १० र १ को सिमानामा पर्ने राप्ती खोला किनारमा २५ मिटर भित्र पर्ने घरमा डोजर चलाईएको हो । मंगलबार ३० वटा घर जोडर प्रयोग गरी भत्काईएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले बताए ।

एक दर्जन घर भत्काईएपछि विहान १० बजेबाट सडक भत्काउने काम स्थगित भएको सूचना मकवानपुर उद्योग वाणिज्य संघले घरधनीहरुलाई दिएपनि डिभिजनले दिउँसो दुई बजेबाट पुनः भत्काउन सुरु गरेको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समिति तथा मकवानपुरबाट प्रतिनिधित्व गर्ने राज्यमन्त्रीदेखी सांसदसम्मले घर भत्काउन नहुने बताएपनि सडक डिभिजन कार्यालय हेटौँडाले सडक बिस्तार कार्य नरोकिने स्पष्ट पारेको छ । 'सडक बिस्तार कार्य रोकिँदैन, चित्त नबुझ्नेहरुले कानूनी उपचार खोज्न सक्छन्', प्रवक्ता अधिकारीले भने ।

सडक फराकिलो पार्ने काम सुरु भएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बजार बन्द गरी प्रर्दशन समेत भएको थियो । स्थानीय प्रशासनले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरी घर भत्काउने काम थालेको हो ।

सडक बिस्तार अभियान नरोकिने
सडक विस्तार रोकी मुआब्जा वितरण गर्न मकवानपुरका राजनीतिक दल, मकवानपुर उद्योग वाणिज्य संघ, बसोवास संरक्षण समितिले गरेको प्रस्तावलाई अस्विकार गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले सडक फराकिलो पार्ने अभियान जारी रहने बताएका छन् ।

मंगलबार भएको वार्तामा सडक विस्तारलाई स्थगित गर्दै मुआब्जा वितरण पश्चात मात्र सडक विस्तार गर्न माग गरिएपनि वार्ता विना निश्कर्ष सकिएको हो । क्षेत्रीय प्रशासक बिनोद केसीले ब्यक्तिगत रुपमा घर भत्काउन समय माग भए दिन सकिने तर सडक फराकिलो पार्ने अभियान कुनैपनि हालतमा नरोकिने बताए ।

वार्ता पश्चात हेटौँडा बसोबास संरक्षण समितिले हेटौँडा बन्द थप शसक्त बनाईने र आन्दोलन जारी रहने बताएको छ । डिभिजन सडक कार्यालयले मुआब्जा नदिई सडक विस्तार गरेकाले आन्दोलन जारी राखिने संघका अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

आन्दोलनको अबज्ञा

बसोबास संरक्षण समितिले आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै हेटौँडा-४ स्कुलरोडमा आन्दोलनकारीहरुले पसलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

डिभिजन कार्यालयले सुरु गरेको २५ मिटर फराकिलो अभियानको बिरोध गर्दै अन्दोलनमा उत्रीएका आन्दोलनकारी ब्यवसायीको एक समुहले स्कुलरोडमा रहेको यू एण्ड आई सु सेन्टर, स्पेसल पाउँ भण्डार, आरपी सप्लायर्स, गौतम मोवाईल पसलमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.