चाँडै दलीय सहमति हुन्छःसञ्चारमन्त्री
तुलसीपुरः सरकारका प्रवक्ता, सुचना तथा सन्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले केही दिनमै सबै राजनीतिक दलहरु एकै ठाउँमा आउने दाबी गरेका छन् । त्यसका लागि राजनीतिक सहमति नजिकमा पुगिसकेको उनले बताए ।
‘अब हामी सहमतिको धेरै नजिक पुगिसकेका छौँ, मधेसवादी दलहरु सहमतिमा आइसकेका छन्, सम्भवतः एक सातामै सहमतिको ढोका खुल्ने छ’ रिपोटर्स क्लब दाङले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले भने ।
मन्त्री कार्कीले राजनीतिक सहमतिपछि तत्काल चुनावको मिति तोकेर त्यसको काम अघि बढाउनुपर्ने पनि बताए । ‘सहमति अब चाँडै हुन्छ, चुनावको मिति पनि तोकिन्छ’ उनले भने ‘दलीय सहमतिमै चुनावको मिति तोकिनुपर्छ भन्ने हाम्रो सोचाइ हो ।’