औषधि किन्ने पैसा नहुँदा घरमुलीको मृत्यु, परिवारको विचल्ली

औषधि किन्ने पैसा नहुँदा घरमुलीको मृत्यु, परिवारको विचल्ली

गाईघाटः औषधि किन्ने रकमको अभावमा घरमुलीको मृत्यु भएपछि गर्भवती श्रीमतीसहित ३ बालबालिकाको बिचल्ली भएको छ ।

भारतमा उपचार पछि खोटाङ राजापानी खाम्तेल घरतर्फ फर्किएका ५० वर्षीय कुमार परियारको उदयपुरमा आएपछि मृत्यु हुँदा परिवारको विचल्नि भएको हो ।

कपडा सिलाएर जीविकोपार्जन गर्ने घरमुलीको आर्थिक अभावकै कारण मृत्यु भएपछि गर्भवती श्रीमती उमा र छोराछारीको विचल्ली भएको छ । चिकित्सकको सल्लाहअनुसार औषधि किनेर खान नसकेपछि परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दमका रोगी उनी भारतमा उपचार गरी घर फर्किनेक्रममा जटिल बिरामी परेका थिए । उमा सुस्त मनस्थितिकी महिला हुन् । महिला तथा बालबालिका सेल प्रमुख उमा गुरुङले बोल्न र सुन्न नसक्ने परियारकी श्रीमती र उनका ३ बालबालिकालाई ‘सेफ हाउस'मा राखिएको जानकारी दिइन् । मृतकका आफन्त आएपछि चारै जनालाई जिम्मा लगाइने गुरुङले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.