थाइरोइड क्यान्सर के हो ?

थाइरोइड क्यान्सर के हो ?

थाइरोइड मानिसको रुद्रघन्टीको तल रहेको एउटा ग्रन्थी हो । यस ग्रन्थीले उत्पादन गर्ने हर्मोनलाई थाइरोइड हर्मोन भनिन्छ । यसै ग्रन्थीमा देखिने समस्या र यसले उत्पादन गर्ने हर्मोनको सन्तुलन बिग्रिएमा थाइरोइडसम्बन्धी रोग लाग्छ ।

थाइरोइड हर्मोनको उत्पादन बढी भए पनि र कम भए पनि समस्या हुन्छ । बढी भएमा हाइपर.थाइरोडिजम भनिन्छ भने कम उत्पादन भए हाइपो-थाइरोडिजम । समाजमा प्रशस्तलाई यी समस्या हुन्छन् । यी दुवै अवस्थाको उपचार सहज हुन्छ । थाइरोइड क्यान्सर, थाइरोइड ग्रन्थीमा हुने क्यान्सर हो, यसबारे १० तथ्यः
. हाम्रो समाजमा थाइरोइड क्यान्सर बढ्दो क्रममा छ । गएको ३० वर्षमा थाइरोइड क्यान्सरको जोखिम चार गुणासम्मले बढेको देखिन्छ । कारणहरू विभिन्न भए पनि सबैभन्दा बढ्दो क्यान्सरका रूपमा थाइरोइड क्यान्सर हो, त्यसैले हामीले यसबारे बुझ्न जरुरी छ ।

. थाइरोइड क्यान्सर जुन उमेरकालाई पनि हुनसक्छ । थाइरोइड क्यान्सर कुनै पनि उमेर समूहमा हुनसक्छ । स्कुल पढ्ने उमेरका युवादेखि वृद्धवृद्धासम्मलाई यो हुनसक्छ । यो क्यान्सर धेरैजसो ४० देखि ५० वर्षको उमेरमा भेटिन्छ ।

. थाइरोइड क्यान्सर महिलामा बढी देखिन्छ । थाइरोइडका अन्य समस्याजस्तै थाइरोइड क्यान्सर पनि महिलामा बढी देखिन्छ । तथ्यांक हेर्ने हो भने थाइरोइड क्यान्सर दुई तिहाइ महिलामा र एक तिहाइ पुरुषमा हुन्छ ।

. थाइरोइड क्यान्सर विभिन्न प्रकारका हुन्छन् । थाइरोइड ग्रन्थी विभिन्न कोषले बनेको हुन्छ, जसबाट विभिन्न प्रकारका क्यान्सर उत्पन्न हुन सक्छन् । ती क्यान्सरहरूको उपचार पनि फरकफरक हुन्छ ।

. थाइरोइड क्यान्सर छिटो भेटिए निको हुन्छ । धेरैजसो थाइरोइड क्यान्सरले समयमै उपचार पाए निको हुन्छ । उपचारका लागि थाइरोइड ग्रन्थीलाई निकाल्नुपर्छ । धेरैजसोमा रेडियो आयोडिन थेरापी र केहीमा किमोथेरापी वा रेडियोथेरापी उपचार गरेपछि यो रोग कहिल्यै फर्केर आउँदैन ।

. थाइरोइड क्यान्सर पत्ता लगाउन सजिलो हुन्छ । डाक्टरले गर्ने सामान्य जाँचले नै थाइरोइड क्यान्सर पत्ता लगाउन सकिन्छ । घाँटीमा गिर्खाहरू हुनु मुख्य लक्षण भए पनि स्वयं बिरामीले भन्दा डाक्टरले घाँटी छामेर ती गिर्खाहरू भेट्ने सम्भावना बढी हुन्छ । नियमित स्वास्थ्य जाँचमा घाँटीको जाँच पनि गराइरहनुपर्छ ।

. घाँटीमा आउने सबै गिर्खा क्यान्सर हुँदैनन् । घाँटी छाम्दा कुनै गिर्खा भेटिन्छन् भने सबै थाइरोइड क्यान्सर हैनन् । धेरैजसो गिर्खाहरूको कारण दाँतको संक्रमण, कपालको संक्रमण, थाइरोइडका अन्य सामान्य रोगहरू हुन्छन् । तर पनि डाक्टरी जाँच र गिर्खाको सुई जाँच एफएनएसी नगरेर निक्र्योल गर्न गाह्रो हुन्छ ।

. केही थाइरोइड क्यान्सर कडा हुन्छन् । धेरैजसो थाइरोइड क्यान्सर निको गर्न सकिए पनि केही थाइरोइडका क्यान्सर (जस्तै— बलबउबिकतष्अ तजथचयष्म अबलअभच)निकै छिटो बढ्ने र अन्य अंगमा फैलिँदै, ज्यान नै लिनसक्ने हुन्छन् । यस्ता क्यान्सरहरूलाई छिटो भेट्न सके रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।

. थाइरोइड क्यान्सरको अपरेसनपछि जिन्दगीभर औषधि खानुपर्छ । थाइरोइड ग्रन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्ने हो, सो ग्रन्थीको क्यान्सरको उपचारका लागि पूरा ग्रन्थी नै निकाल्नुपर्ने भएकाले जिन्दगीभरि थाइरोइड हर्मोनको औषधि खानुपर्ने हुन्छ । त्यो सामान्य गोलीहरू हाइपो थाइरोइडिजमका बिरामीले खाने गोली औषधि नै हो । वर्षौं खाँदा पनि यसका दुष्प्रभावहरू निकै न्यून हुन्छन् ।

. आफ्नो थाइरोडइ नियमित जाँच गरौं । थाइरोइड ग्रन्थी घाँटीमा भएको रुद्रघन्टीको वरिपरि हुन्छ । औंलाहरूले त्यो भागलाई छाम्दा केही भेटिन्छन् कि ? थुक निल्दा केही गिर्खाहरू चल्छन् कि भनेर जाँच्नुहोस् । घाँटीमा अन्य गिर्खाहरू छन् कि भनेर पनि आफैं जाँच गर्नुहोस् र शंका लागे डाक्टरलाई भेट्नुहोस् ।

थाइरोइड क्यान्सर छिटो भेटिए निको हुन्छ । धेरैजसो थाइरोइड क्यान्सरले समयमै उपचार पाए निको हुन्छ । उपचारका लागि थाइरोइड ग्रन्थीलाई निकाल्नुपर्छ । धेरैजसोमा रेडियो आयोडिन थेरापी र केहीमा किमोथेरापी वा रेडियोथेरापी उपचार गरेपछि यो रोग कहिल्यै फर्केर आउँदैन ।

. थाइरोइड क्यान्सर निको हुने दर विकसित देशहरूमा ९७ प्रतिशत माथि पुगेको छ । कोरियन अध्ययनले त ९९ प्रतिशत निको हुन्छ भनेर देखाइरहँदा नेपालको तथ्यांक नै हामीसँग छैन ।

. थाइरोइड क्यान्सरको विश्वस्तरीय उपचारका लागि रोग पत्ता लगाउने रेडियोलोजी, प्याथोलोजी, अपरेसन गर्ने घाँटीको शल्यचिकित्सा र त्यसपछिको उपचारका लागि न्युक्लियर मेडिसिनको पनि सँगसँगै विकास हुन जरुरी छ । नेपालमा अहिले यो सबै उपचार उपलब्ध भएका छन् । धेरै बिरामीलाई हामीले नेपालमा नै राम्रो उपचार गर्न सकेका छौं । (लेखक ग्रान्डी अस्पताल, धापासीमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.