सास गन्हाउने समस्या र उपचार
हामी सामान्य टाउको दुखाइलाई पनि महत्व दिन्छौं । अलिकति कतै छाला नै खोस्रियो भने पनि उपचारको चिन्ता गर्छौं । तर जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौं । तर मुख र दाँतको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ ।
हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ । यतिमात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सक्दैनौँ । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । बालबालिकादेखि नै कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ ।
कारण
. गिजामा पिप जमेर ।
. पिनास भएमा
. पेटको समस्याका कारण
-गिजा रोगी भएमा
. दाँतमा खाना अड्केर सडेमा
. जिब्रो सफा नगरेमा
. पानीको मात्रा कम भएमा
. धूमपान र मद्यपानका कारण
. मिर्गौलाको समस्या छ भने
. फोक्सोको संक्रमणका कारण
बच्ने उपाय
. साँझ बिहान राम्रोसँग दाँत माझ्ने
. जिब्रोको माथिल्लो भाग सफा गर्ने
. कीरा लागेको र प्वाल भएको दाँतको उपचार गर्ने
. खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने
. प्रशस्त पानी पिउने
. कब्जियतलगायतको समस्याबाट मुक्त हुने
. दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श लिने